
गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आज आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।