३० जेठ २०८३, शनिबार

शंकर पोखरेलको तर्क : ‘संसद विघटन केपी ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो’

शंकर पोखरेलको तर्क : ‘संसद विघटन केपी ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भएको राजनीतिक विद्रोहको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा नेकपा एकता सफल हुन नसक्नुको कारणबारे लेख्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरण गर्न चाहेको संकेत गरेका छन् ।

‘हामी कहाँ ३ वटा क्रान्तिपछि पनि युग परिवर्तनको आभास दिन सकिएको छैन । यस्तो किन ? पुरानो पुस्ताका नेताले खोज्ने कोसिस कहिल्यै गर्नुभएन,’ उनले लेखेका छन्, ‘कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नुभएको थियो, उहाँलाई चारैतिरबाट घेराबन्दी गरियो र अपमानजनक हिसाबले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोसिस गरियो । कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिप्रेक्ष्यमा हेर्नुपर्दछ । यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो । नयाँ युगतर्फको पाइला हो ।’

नेता पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तामा पुग्ने हतारोका कारण एकता टुंगोमा पुग्न नसकेको समेत बताएका छन् । ‘प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिए जनार्दन शर्माको साथमा । त्यसदिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्त्वका साथ सुझाएको थिए । तर कमरेड प्रचण्ड त्यसप्रति एकरति पनि सकारात्मक देखिनुभएन । मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनुभएन । उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नुभएको रहेछ,’ पोखरेलले लेखेका छन्, ‘उहाँ सहमतिमा होइन, समिकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम व्यहोर्दै छौं ।’

एकताको रक्षाका लागि गरिएका प्रयासहरु किन असफल भए भनेर कमरेडहरु प्रश्न गर्नुहुन्छ । म कति कुरा बताउ भनेर अन्योलमा पर्छु...

Posted by Shankar Pokhrel on Wednesday, January 13, 2021

salt training

कमेन्ट गर्नुहोस्