०२ असार २०८३, मंगलबार

पेस्तोलसहित १ युवक पक्राउ

माघ १, २०७७
पेस्तोलसहित १ युवक पक्राउ

नेपाल–भारत सीमा नाकामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले बिहीवार पेस्तोलसहित १ युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका– १७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशंकर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

युवक मण्डल बिहीवार बिहान करीब ११ः०० बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका– ८ स्थितबाट पक्राउ गरेको हो । उनको साथबाट १ थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा १ राउन्ड गोली र १ राउन्ड साथमा रहेको गोली प्रहरीले बरामद गरेको हो ।

पेस्तोल र गोलीसहित पक्राउ परेका युवक मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्