०३ असार २०८३, बुधबार

कालो कपडा लगाएर नेविसंघले गर्‍यो सरकारको विरोध

कालो कपडा लगाएर नेविसंघले गर्‍यो सरकारको विरोध

संसद विघटनको विरोधमा नेपाली कांँग्रेस सम्बद्ध नेविसंघले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
 संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध बिद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो कपडा लगाएका थिए ।युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा नेविसंघ महामन्त्री बलदेव तिमल्सिना, सुशील भट्टलगायतले सम्बोधन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्