१९ असार २०८३, शुक्रबार

‘कम्युनिस्ट तालमा हिँड्न प्रचण्डलाई ३ वर्ष तालिम दिएँ, म बजाउँछु तबेला उ नाच्छ धामी जस्तो’

‘कम्युनिस्ट तालमा हिँड्न प्रचण्डलाई ३ वर्ष तालिम दिएँ, म बजाउँछु तबेला उ नाच्छ धामी जस्तो’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदमा पुग्नका लागि आफ्नै गुरुलाई समेत पार्टीबाट लखेट्ने गरेको आरोप लगाएका छन् ।

प्रचण्डलाई कम्युनिस्ट तालमा हिँडाउन आफूले ३ वर्ष तालिम दिए पनि असफल भएको बताए ।  

‘जस्केलाबाट छिरेर विभिन्न पदमा छिर्ने बानी परेका व्यक्तिले मोहन वैद्य अर्थात् आफूलाई राजनीतिमा ल्याउने गुरुलाई लखेटेर कता पुर्‍याए, एकपल्ट डा. बाबुराम भट्टराईलाई प्रयोग गर्नुसम्म गरे, उनलाई त्यतिखेर डा. लेखेको एउटा मान्छे चाहिएको थियो, त्यो पनि खास ठाउँको । खुब प्रयोग गरे । पछि विचरा डाक्टर न साक्टर अहिले त धोती–कुर्ता लगाएर हिँड्छन् डा. साप । मान्छे झुक्याउन त्यता जानुभएछ,’ उनले भने ।

शनिवार काठमाडौंमा नेकपा प्रदेश १ कमिटीका कार्यकर्तालाई सम्बोधनका क्रममा प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने, ‘विप्लवलाई फेरि जंगलतिर लखेट्दिए, तैपनि म हारिनँ । मान्छे हो भालुलाई त मान्छेले तालिम दिएको छ, गाउँका आलाकाचा ठिटाहरू ९ महिना तालिम दिँदा सेना–प्रहरी भइसक्छन् । अलि समय खेलाएपछि सर्कसवाज हुन्छ । कम्युनिस्ट तालमा हिँड्न प्रचण्डलाई ३ वर्ष तालिम दिएँ, म बजाउँछु तबेला उ नाच्छ धामी जस्तो ।’

ओलीले प्रचण्डको अध्यक्ष पद नखोसेको भन्दै पार्टीमा फर्किन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्