२२ असार २०८३, सोमबार

'हिंसा'को कुरा गर्ने प्रचण्डलाई शान्ता चौधरीको कडा जवाफ

'हिंसा'को कुरा गर्ने प्रचण्डलाई शान्ता चौधरीको कडा जवाफ

नेकपाको विघटित प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेकी छिन् ।
उनले ‘मांसाहारी आन्दोलन भनेर शान्तिकामी नेपाली जनतालाई पटक–पटक किन द्वन्द्वमा धकेल्नु हुन्छ ?’ भन्दै प्रचण्डलाई प्रश्न गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत चौधरीले नेपाली जनता कसैको रैती नभएको भन्दै कसैलाई पद र शक्ति चाहिँदा भर्‍याङ बन्न नसक्ने बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘नेपाली जनता तपाईंका रैती हैनन्, तपाईंलाई जति बेला पद र शक्ति चाहिन्छ त्यतिबेला काटमार गरेर तपाईंको भर्‍याङ बनिदिने। तपाईंहरुको पद प्रतिको लगाव र कुर्सी खेलमा फेरि नेपाली जनताले बलिदान दिनु पर्ने कारण के छ ?’

उनले जनता नभड्काउन प्रचण्डलाई चेतावनी दिँदै नेपाली जनताले शान्ति र समृद्धि चाहेका बताएकी छिन् ।
आइतबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अब साकाहारी आन्दोलनले मात्र पुग्ने अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘ ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस् । साकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्