
खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८ सय २८ जना स्वदेश फर्किसकेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रमस्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी छ । साउनदेखि पुस मसान्तसम्म विभागबाट संस्थागत र व्यक्तिगत रूपमा नयाँ श्रमस्वीकृति लिनेको संख्या १३ हजार १ सय ९३ जना छ । करार अवधि नवीकरण गरेर जानेको संख्या भने ३४ हजार ५ सय ६७ जना छ । जसमध्ये झन्डै ९५ प्रतिशतको गन्तव्य खाडी नै बनेको छ ।कान्तिपुर दैनिकमा खबर छ।