×

NMB BANK
NIC ASIA

भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्रिसो

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्रिसो) को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरु अहिले अम्रिसो थुतेर बजारसम्म पु¥याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणमा भारत जान्छ ।

Muktinath Bank

नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको भाउमा नेपाली व्यवसायी चल्नुपर्छ । भाउ अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै लागि अहिले नै बजार पु¥याउन थालेका हुन् । वस्तुको मूल्य किसानको हातमा नरहेकाले कृषिजन्य उत्पादनको भाउमा उतारचढाव हुने गरेको छ । गत वर्ष प्रतिकिलो रु ९० को हाराहारी भाउ रहेकामा यस वर्ष प्रतिकिलो रु १४० मा किनबेच भइरहेको छ । यसै वर्षको भाउ पनि एकरुपता छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरुमा रु १०० रहेकामा विस्तारै बढेर रु १४० पुगेको हो । कुचोको भाउ स्थिर नभए पनि यस वर्ष विगतमा जस्तो अत्यन्तै कम हुने सम्भावना नरहेको देउमाई नगरपालिकाका व्यवसायी मात्रिका घिमिरे बताउँछन्। यस वर्ष उत्पादन कम भएकाले भारतबाट चर्को माग आइरहेको छ ।


Advertisment
Nabil box
Kumari

नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्न सक्ने उहाँको अनुमान छ । कुचोको प्रयोग घर बढार्नका लागि मात्र भए पनि अनिवार्य वस्तुमा पर्छ । ग्रामीण भेगमा घाँसको रूपमा प्रयोग हुने अम्रिसोको फल नै कुचो हो । देशभित्र पनि कुचोको खपत हुन्छ । तर उल्लेखीय भाउ पाउने आसमा किसानले बाहिर निकासी गर्ने व्यवसायीलाई कुचो बेच्ने गरेका छन् । यहाँका किसानले पुसको मध्यमबाट माघ अन्तिमसम्ममा अम्रिसो थुत्ने गर्दछन् । यसपछि सुकेपछि बेच्ने गरेका छन् ।

Vianet communication
Laxmi Bank

कतिपय किसानले पुरानो कुचो बेच्ने गरेकाले पनि भाउ कम हुने गरेको व्यवसायी घिमिरेको भनाइ छ । “कुचो जुन सालको हो । त्यही साल नै बेचिसक्नुपर्छ । अर्को साल पर्खियो भने गुणस्तरहीन हुन्छ”, उनले भने। भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को साल बेच्ने गरेका छन् ।

यसैले पनि गुणस्तरीय वस्तु नआएको भन्दै भारतले कुचोको भाउ कम मात्र दिने गरेको छ ।  यस वर्ष भने भाउ उल्लेखनीय आएकाले किसानसमेत बेच्न कसिएका छन् । कुचोको भाउ उल्लेखीय आएकाले  माइजोगमाई गाउँपालिकास्थित सोयाङका सुमन बेघाले यस वर्ष बगानको सबै अम्रिसो थुतेर बेच्न शुरु गरेको जानकारी दिए ।

भाउ घटबढ भइरहने हुनाले तत्काल बेच्नका लागि मेघाले यस वर्ष कुचो बेच्न हतार गरिरहेका छन्। रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न खासै मेहनत गर्नु नपर्ने भएकाले पनि किसानले अम्रिसो खेती गर्छन् । गाई भैँसीको लागि मुख्य घाँसको रुपमा किसानले अम्रिसो रोप्ने गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x