२६ असार २०८३, शुक्रबार

नयाँ दल गठन गर्ने सोचमा ट्रम्प

माघ ७, २०७७
नयाँ दल गठन गर्ने सोचमा ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा भएको निर्वाचनको परिणाम स्वीकार गर्न नमान्दा उनकै रिपब्लिकन पार्टीका सदस्यहरूले आलोचना गरेका छन् । 

संसद् भवनमा ट्रम्प समर्थकहरूले हिंसा मच्चाएपछि रिपब्लिकन पार्टीका नेताहरू ट्रम्पसँग थप चिढिएका थिए । 
 

रिपब्लिकनहरूबाट आफूले पर्याप्त सहयोग नपाएको भन्दै ट्रम्पले नयाँ राजनीतिक दल खोल्न विचार गरिरहेको वाल स्ट्रीट जर्नलले मंगलवार खबर दिएको छ ।

स्रोतहरूका अनुसार, ट्रम्पले यो सोच आफ्ना सहयोगीहरू र अन्य निकटवर्तीहरूलाई सुनाएका छन् । उनले नयाँ दलको नाम पेट्रियट पार्टी राख्न खोजेका छन् । 

राष्ट्रपतिका रूपमा अन्तिम सम्बोधन गर्दै उनले आफूहरूको आन्दोलन शुरू मात्र भएको बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्