१२ असार २०८३, शुक्रबार

काठमाडौँबाट लगिएको १ सय ४० थान मोबाइल बरामद

काठमाडौँबाट लगिएको १ सय ४० थान मोबाइल बरामद

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित तिनकुने चोकबाट करिब ५ लाख १६ हजार रुपैयाँ बराबरको १ सय ४० थान मोबाइल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना.६ ख ७३९५ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको बिना बिलको उक्त मोबाइलहरु फेला पारी प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्