२७ असार २०८३, शनिबार

सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

माघ ८, २०७७
सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले  खेलको १४औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । उसका लागि भण्डारीले पहिलो गोल गर्नुभएको थियो । खेलको २२औँ मिनेटमा एपिएफले थप एक गोल गरेको थिया । मध्यान्तरपछिको खेलमा एपिएफका लागि खेलको ६१औँ मिनेटमा भण्डारीले नै गोल गर्नुभएको थियो । लगत्तै एपिएफका लागि अनिता बस्नेतले गोल गर्नुभयो । खेलको ७१ औँ मिनेटमा एपिएफका लागि पाँचौ गोल भण्डारीले नै गर्नुभयो भने खेलको ८९ औँ मिनेटमा एपिएफका लागि छैटौँ गोल प्रिती राईले गर्नुभएको थियो ।

राष्ट्रिय महिला लिगकै आज भएको अर्को खेलमा विराटनगर र वालिङबीचको खेल बराबरीमा सकिएको थियो । सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा दुवै टोलीले एक एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा वालिङका लागि सञ्जना शर्माले गोल गर्नुभएको थियो । यस्तै मध्यान्तरपछिको खेलमा विराटनगरका लागि खेलको ६२औँ मिनेटमा आशा कुमारीले गोल गर्नुभयो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि विराटनगर र वालिङले एक एक अङ्क बाँडेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्