नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारणसभाले लाभांश पारित गरेको छ।
बैंकको सभाले १०.२६ प्रतिशत बोनस शेयर र बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभाबाट संस्थापक समूहबाट तीन र सर्वसाधारणबाट एक जना महिला सहित तीन जना सञ्चालक चयन गरेको छ। सञ्चालक चयनपछि बसेको बैठकले उपेन्द्र केशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ। बस्नेत पुर्व मन्त्रीसमेत हुन्।
न्यौपाने, मोहनबहादुर बस्नेत, इमान सिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान सञ्चालक चयन भएका छन्।
बोनस सेयरपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।