०२ असार २०८३, मंगलबार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

माघ १०, २०७७
सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

चिनियाँ कम्पनी सिनोफार्मका प्रतिनिधिले कोभिडविरुद्धको खोपको नेपालमा आपत्कालीन उपयोगका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिएका छन् ।

उनीहरूले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागमा आएर शुक्रबार जानकारी लिएको स्रोतले जनाएको छ ।

औषधि व्यवस्था विभागले आपत्कालीन उपयोगको अनुमतिका लागि आवश्यक पर्ने अपुग कागजातबारे चिनियाँ पदाधिकारीलाई जानकारी दिएको छ । औषधि व्यवस्था विभागले मुख्य रूपमा तेस्रो चरणको क्लिनिकल ट्रायलको तथ्यांकलगायतका बारेमा आधिकारिक दस्ताबेज पेस गर्न सिनोफार्मलाई भनेको छ ।

सिनोफार्मका तर्फबाट नेपालमा खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिएको छ । नेपालले हालसम्म सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोपलाई मात्र आपत्कालीन उपयोगको ससर्त अनुमति प्रदान गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्