०७ साउन २०८३, बिहीबार

यस्तो आश्वासन पाएपछि ५० जनाभन्दा बढी पूर्वलडाकु ओली समूहमा लागे

माघ ११, २०७७
यस्तो आश्वासन पाएपछि ५० जनाभन्दा बढी पूर्वलडाकु ओली समूहमा लागे

प्रचण्डले इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिएका भनिएका ५० जनाभन्दा बढी पूर्वलडाकु शनिबार प्रधानमन्त्री निवासमा भेटिए । तीमध्ये कतिपय २०६६ मा अयोग्य घोषित भएपछि र कति २०६९  मा सेना समायोजन भएपछि दृश्यमा थिएनन्।

सशस्त्र द्वन्द्वका बेला घाइते भएर पनि राज्यको उचित हेरचाह नभएको भन्दै उनीहरु बेलाबेला आन्दोलित भएका थिए । उनीहरुमध्ये ५० जनाभन्दा बढी पूर्वलडाकु नेकपाको ओली समूहमा समाहित भएको खबर कान्तिपुरमा छापिएको छ । ओलीले घाइते र अपांगता भएकालाई निःशुल्क उपचार गर्ने, सहित परिवारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।

कमेन्ट गर्नुहोस्