०९ साउन २०८३, शनिबार

म्याक परिवार अब चितवनमा पनि

म्याक परिवार अब चितवनमा पनि

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस्, नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र कैलाश आयल डिस्ट्रीब्युटर्स प्रा.लि. को संयुक्त आयोजनामा चितवनको पुलचोकमा म्याक परिवारको उद्घाटन भएको छ ।
 
म्याक परिवारको मुख्य उदेश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स्हरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । 

जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुबिधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर(बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् । 
 
उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ तथा कैलाश आयल डिस्ट्रीब्युटर्सका तर्फवाट विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्