२८ जेठ २०८३, बिहीबार

दिल्ली हिंसापछि किसान आन्दोलनको भविष्य के होला ?

माघ १४, २०७७
दिल्ली हिंसापछि किसान आन्दोलनको भविष्य के होला ?

भारतको राजधानी दिल्लीमा मंगलवार गणतन्त्र दिवसका दिन किसानहरूको आन्दोलन हिंस्रक भएपछि यसको भविष्यका विषयमा टीकाटिप्पणी हुन थालेका छन् ।

अल इन्डिया किसान सभाका पी कृष्णा प्रसाद र जय किसान आन्दोलनका अविक साहाले दिल्लीमा किसानहरूको ट्य्राक्टर र्‍यालीका कारण अन्य पञ्जाब र हरियाणा बाहेक अन्य राज्यका किसानलाई पनि प्रोत्साहन प्राप्त भएको बताएका छन् । 
 

ट्य्राक्टर र्‍यालीमा भाग लिएका प्रसादले भने, ‘यस्ता किसिमका घटनाले आन्दोलनलाई कमजोर बनाउँदैनन् । यो अब जनआन्दोलन बनिसकेको छ र देशभरि फैलिसकेको छ । किसान संगठनको नेतृत्वमा भन्दा पनि स्वतःस्फुर्त रूपमा मानिसहरू आन्दोलित भएका छन् ।’

यसै साता बजेट सत्र शुरू हुने अपेक्षा छ र संसदमा किसानहरूको ट्य्राक्टर र्‍यालीका क्रममा भएको हिंसाको विषय उठाएर हंगामा गरिने सम्भावना छ । 

सरकारले नयाँ कानून डेढ वर्षसम्म लागू नगर्ने भने पनि किसानहरूले त्यसलाई लत्याएर हिंसा मच्चाएको कुरा उठाउन सक्छ । किसान संगठन र पञ्जाबको कांग्रेस सरकारले हिंसाबाट दूरी कायम गरेको र कडा निन्दा गरेको तथ्य पनि प्रस्तुत गरिन सक्छ । 

दिल्लीमा गरिएको उत्पात र प्रहरीमाथिको आक्रमणका विषयमा सरकारले आफ्नो अडान सावधानीपूर्वक राखेको देखिएको छ । किसानविरोधी तस्वीर नबनोस् भन्नेमा ऊ सचेत छ किनकि देशका अन्य भागमा रहेका कृषि समुदायका मानिस रिसाउने सम्भावना छ । त्यसैले हिजोको घटनामा कुनै पनि केन्द्रीय मन्त्रीको बयान आएको छैन । 

सरकारले मंगलवार कता गडबड भयो भन्ने विषयमा आकलन गर्नेछ । सरकारको प्राथमिकता दिल्लीमा कानून व्यवस्था कायम गर्ने हो । 

मंगलवारको घटनाले किसानहरूको आन्दोलन आफैंलाई घाटा लागेको सरकारको बुझाइ छ । सर्वोच्च अदालतले सुनुवाइका क्रममा किसानहरूको र्‍याली शान्तिपूर्ण हुनुपर्ने बताएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्