०४ साउन २०८३, सोमबार

कोभिड–१९ विरुद्धको खोप अभियान : आज कुन प्रदेशमा कतिले लगाए खोप ?

कोभिड–१९ विरुद्धको खोप अभियान : आज कुन प्रदेशमा कतिले लगाए खोप ?

सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोप प्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताए ।
अभियानको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, बागमतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् ।

 खोप कार्यक्रम अभियान देशभरीका ३०० खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई १० दिनभित्र खोप दिइने छ । पहिलो चरणको खोप कार्यक्रमअन्तर्गत चार लाख ३० हजार जनालाई लगाउने लक्ष्य मन्त्रालयको छ ।

यस्तै आज मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका सह प्राध्यापक डा अर्चना श्रेष्ठले कोभिशिल्ड खोपको प्रभावकारिता ६२ प्रतिशत रहेका र कुनै समस्या नगर्ने भएकाले ढुक्क भएर खोप लगाउन सबैसँग आग्रह गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्