![बुटवलमा यस्तो देखियो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/NCP_Prachanda_Nepal_5_fN5JsCmxXZ.jpg)
नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध बिहीवार बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।
लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदर्शनमा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समेत सहभागी छन् ।
बुटवलको पुष्पलाल पार्कमा जारी सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल, स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल, चक्रपाणि खनाल लगायतले सम्बोधन गर्दैछन् ।
विरोध सभाअघि बुटवलको विभिन्न ठाउँबाट र्याली निकालिएको थियो ।
सभामा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक नेता कार्यकर्ता सहभागी रहेको नेकपा प्रचण्ड-नेपाल समूहले जनाएको छ ।
हेर्नुहोस्, फोटो फिचर :







