२९ जेठ २०८३, शुक्रबार

बुटवलमा विरोधसभा : बादल–रायमाझीविरुद्ध खनिए पूर्व माओवादीका नेताहरू

बुटवलमा विरोधसभा : बादल–रायमाझीविरुद्ध खनिए पूर्व माओवादीका नेताहरू

पूर्व माओवादी पृष्ठभूमिका नेताहरूले कित्ता परिवर्तन गरेर सरकारमा सहभागी भएका मन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले बिहीवार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पूर्व माओवादी नेताहरूले सरकारमा सहभागी मन्त्रीको चर्को विरोध गरेका हुन् । 

स्थायी कमिटी सदस्य चक्रपाणि खनालले सरकारमा सहभागी मन्त्रीहरूलाई अनुहार चिन्ने गरी मात्र खरानी घस्न सुझाव दिएए । ‘अहिले मन्त्री खान जाने बेला हो ? यति धेरै खरानी घस्ने ? ऐनमा हेर्दा चिन्ने गरी मात्र घस, ताकि तिमीहरूको इतिहास हामीले बताइदिनुपर्नेछ,’ खनालले भने, ‘हिजो हामी जनसेनालाई दुत्कार्नेले आज कालीबहादुर चाहिने, काखी च्याप्दै हिँड्ने ?’

सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य ओनसरी घर्तीले सरकारमा सहभागी भएर रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापाले प्रतिगमनको रक्षा गरेको आरोप लगाइन् । 

‘विचार दृष्टिकोण छाडी पद प्रतिष्ठाको पछाडि लाग्नुभयो, तपाईंहरू गद्दार भएमा क्रान्तिकारीले प्रतिकार गर्नेछन्,’ घर्तीले भनिन् । 

सभालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्दैछन् । 

salt training

कमेन्ट गर्नुहोस्