उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका लागि सरकारले पुनःकर्जा दिने तयारी गरेको बताएका छन् ।
नेपाल इँटा उद्योग महासङ्घको १२औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले बन्द भएका उद्योग सञ्चालनका लागि पुनःकर्जा दिने विषयमा छलफल चलिरहेको बताए ।
अर्काे प्रसगमा उनले वैशाखमा प्रतिनिधिसभा निर्वाचन हुँदैन भनेर शङ्का नगर्न पनि आग्रह गरे ।