
रौतहटको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट सशस्त्र प्रहरी टोलीले श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने २७ वर्षिय सुरेन्द्र यादव छन् ।
प्रदेश नम्बर ३–०१–०२२ च ६३२८ नम्बरको स्कारपयिो गाडीमा सवार यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेपछि निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।