
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटीका सदस्य भीम रावलले निर्वाचन आयोगले मान्यता नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यको हालत सडक छाप भएको टिप्पणी गरेका छन् ।
प्रचण्ड-नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले आफूहरुले बैठक बोलाउन माग गर्दा सडक छाप केन्द्रीय सदस्य भन्ने ओलीकै सदस्यलाई आयोगले सडक छापमा परिणत गरिदिएको बताएका हुन् ।
‘यो खुलामञ्चको आँगनमा र घरघरमा प्रत्यक्ष प्रसारण सुनिरहेका जनताको तर्फबाट भन्छु यो केटोले निरंकुशताको विरुद्धमा, केपी ओलीको कर्तुत विरुद्धमा हाम्रा दुई अध्यक्षको नेतृत्वमा जनतालाई जुरुक्क उचालेको छ, बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुस्,’ रावलले भने ।
यसअघि पौष २४ गते कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले रावलप्रति टिप्पणी गरेका थिए ।