
नेपालमा फेरि बर्डफ्लु देखिएको खबर कान्तिपुर दैनिकमा नै छापिएको छ । उपत्यकाका किसानले पालेको हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ७ स्थित फुटुङमा नमुना परीक्षण गर्दा फर्डफ्लु पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै २ हजार ५ सय ४४ पन्छी नष्ट गरिएको छ ।