अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् ।
अहिले उनी आफ्ना पति निक जोनससँग लन्डनमा छिन् र त्यहाँ तस्वीर खिच्दै सामाजिक सञ्जालमा राखिरहेकी छन् ।
प्रियंकाले पूलमा मस्ती गर्दै रातो रंगको स्विमसुटमा तस्वीरहरू शेयर गरेकी छन् ।
इन्स्टाग्राममा शेयर गरिएका यी तस्वीरहरूमा प्रियंका निकै सुन्दर देखिएकी छन् । वीकेन्डमा प्रियंकाले मस्ती गर्दै तस्वीर शेयर गरेकी हुन् । तस्वीरहरूले प्रशंसकलाई हुरुक्क बनाएको छ र उनीहरूले भरमार प्रतिक्रिया दिएका छन् ।
प्रियंकाको पछिल्लो फिल्म द हुवाइट टाइगर ओटीटी प्ल्याटफर्ममा रिलीज भएको थियो ।
उनी मेट्रिक्स फिल्मको चौथो सिक्वेलमा कियानु रीभ्सका साथ देखिनेछिन् ।