
मुसाले घरमा राखेका लुगाफाटा र अन्नका भकारी काटिदिएर हैरान बनाउँछ ।
बजारमा मुसा मार्ने औषधिहरू त पाइन्छन् तर तिनमा हुने रसायनले मानव स्वास्थ्यलाई हानि गर्छन् ।
यहाँ हामी घरैमा बनाउन मिल्ने मुसा मार्ने औषधिको सामग्री तथा विधिको चर्चा गर्नेछौं ।
सामग्री
एउटा कचौरा
एक चम्चा तमाखु
दुई सानो चम्चा घ्यू
डेढ चम्चा पीठो
विधि
शुरूमा कचौरामा तमाखु राख्नुस् ।
अब त्यसमा घ्यू हाल्नुस् ।
मज्जाले फिट्नुस् ।
अब त्यसमा गहुँको पीठो राख्नुस् ।
अलि अलि पानी छर्किंदै त्यसलाई मुछ्नुुस् ।
त्यसलाई निकै नरम बनाउनुस् ।
अब त्यसमा अलिकति घ्यू फेरि हाल्नुस् ।
हातमा घ्यू दलेर मुछेको पीठोका ससाना डल्ला बनाउनुस् ।
जहाँ धेरै मुसा आउँछन्, त्यहाँ यी डल्लाहरू राख्नुस् ।