२१ जेठ २०८३, बिहीबार

सुतिरहेका पतिलाई पत्नीले बनाइन् महिलाको कपडाको मोडल, तस्वीर भाइरल

माघ १९, २०७७
सुतिरहेका पतिलाई पत्नीले बनाइन् महिलाको कपडाको मोडल, तस्वीर भाइरल

फिलिपिन्समा महिलाको कपडा लगाएर सुतेका एक पुरुषको तस्वीर भाइरल बनिरहेको छ । 
 

स्टोरबाहिर राखिएको डल जस्तै गरी पत्नीले पतिको शरीरमाथि कपडा राखिदिएकी हुन् । 

यस्तो सिर्जनात्मक सोच ल्याउने पत्नी फिलिपिन्समा अन्लाइन बुटिक चलाउँछिन् । 
 

तस्वीररू जोज अन्लाइन शप्पे नामक फेसबूक पेजले शेयर गरेको हो । तस्वीरको क्याप्सनमा लेखिएको छ, ‘म्यान्नेकिन छैन ? चिन्ता नलिनुस् । प्रयास जरूरी छ ।’

उक्त पोस्टमा हजारौं रियाक्सन, शेयर र कमेन्ट आएका छन् । धेरैजसोले महिलाको सिर्जनात्मक सोचको प्रशंसा गरेका छन् । 
 

जोसेलीन मे जाजरेनो काडेले पतिलाई शवासनमा सुतेको बेलामा क्लोदिङ मोडलका रूपमा उपयोग गर्ने सोच बनाइन् । त्यसपछि उनले सुतिरहेका पतिको शरीरमा स्कर्ट, जीन्स, टप तथा अन्य विभिन्न कपडाहरू राखेर तस्वीर खिचिन् । 

उनले पतिका तस्वीर आफ्नो पसलको फेसबूक पेजमा शेयर गर्दा त्यो भाइरल बन्न पुग्यो । 
 

No mannequin ? No problem🙉 Effort is the key mga Sis🤣 Hindi pwedeng walang ambag mga asawa natin no🤣🤣 Hahaha ganto na uso ngayon kung pano Magbenta🤣

Posted by 𝓙𝓸'𝓼 𝓞𝓷𝓵𝓲𝓷𝓮 𝓢𝓱𝓸𝓹𝓹𝓮 on Monday, January 25, 2021

salt training

कमेन्ट गर्नुहोस्