अफगानिस्तानको शिरजाद जिल्लामा शनिवार आतंकवादीहरूले सैन्य अड्डालाई तारो बनाएर बम विस्फोट गराएका छन् ।
त्यसमा आठजना सैनिकको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।
आतंकवादी संगठन तालिबानले मिडियालाई बयान पठाएर आक्रमणको जिम्मेवारी लिएको छ ।
तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले यो आत्मघाती आक्रमण भएको बताए ।
त्यसपछि पनि काबुल शहरमा दुई थप आक्रमण भएका थिए तर त्यसले खासै क्षति गरेन ।
अफगान सरकार र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता चलिरहेको छ । लामो समयदेखि वार्ता भइरहेको भए पनि कुनै निष्कर्षमा नपुग्दा अफगानिस्तानमा आतंकवादी घटनाहरू बढिरहेका छन् ।