२१ असार २०८३, आइतबार

नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्ग निर्माण सकियो

नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्ग निर्माण सकियो

नौ सय मेगावाट क्षमता क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको  छ ।

परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्गसमेत निर्माण गरिसकेको परियोजनाले जनाएको छ ।
सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइन लागेको जानकारी दिए ।

सङ्खुवासभामा निर्माणाधीन  परियोजनाको २०७४ वैशाख २९ गते  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
परियोजनामा अहिले भारतीय र नेपालीसहित  तीन हजार कामदार छन् ।

salt training

कमेन्ट गर्नुहोस्