०३ असार २०८३, बुधबार

कञ्चनपुरमा चरेशसहित २ जना पक्राउ

माघ १९, २०७७
कञ्चनपुरमा चरेशसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

कञ्चनपुरमा प्रहरीले चरेशसहित २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् ।

पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट ३ दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ । 

चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतवार दुवैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्