२१ असार २०८३, आइतबार

संवैधानिक इजलासमा सरकारी प्रश्न : एमाले र माओवादीलाई अलग–अलग दल देखाउन सकिन्छ ?

संवैधानिक इजलासमा सरकारी प्रश्न : एमाले र माओवादीलाई अलग–अलग दल देखाउन सकिन्छ ?

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा महान्यायाधीवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधानको धारा ७६(१) अनुसारको सरकार भएको तर्क गरेका छन् ।

रिट निवेदक तर्फका अधिवक्ताले वर्तमान सरकार ७६(२) अनुसार २ दल मिलेर बनेको दाबी गरेपनि सरकारी तर्फबाट बहस गर्दै खरेलले सरकारमा रहेको दललाई २ दल देखाउन सक्ने अवस्था नरहेको तर्क गरे ।

उनले बहसका क्रममा सोधे, ‘अहिले एमाले र माओवादीलाई अलग–अलग दल देखाउन सकिन्छ ?’ शुरूमा सरकार गठनका क्रममा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार धारा ७६(२) बनेको भए पनि पार्टी एकीकरणपछि सरकार ७६(१) अनुसार रहेको सरकारी तर्क छ ।

धारा ७६(१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ ।

‘संसदमा बहुमतको सरकार बनाउन अलग–अलग दल देखाउन सक्ने अवस्था छ ? छैन भने बहुमतको अर्को सरकार बन्न सक्ने अवस्था रहँदैन । संसदीय प्रणालीले चेक एण्ड ब्यालेन्सको सिद्धान्तलाई आत्मसात गर्छ,’ उनले भने, ‘संसदको ६४ प्रतिशत समर्थन प्रधानमन्त्रीसँग छ । यस्तोमा अर्काे सरकार बन्ने उपाय कहाँ छ ?’

salt training

कमेन्ट गर्नुहोस्