२५ जेठ २०८३, सोमबार

जिल्ला अस्पतालमा उपचार हुन नसक्दा गर्भवतीको मृत्यु

माघ १९, २०७७
जिल्ला अस्पतालमा उपचार हुन नसक्दा गर्भवतीको मृत्यु

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ ।

वडा नम्बर १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
  
शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा सोमवार बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा. टसी आङ्जुक लामाले जानकारी दिए ।

फोक्सोको रगत नलीमा अड्किएको फोहर पानी बाहिर जान नसक्दा मृत्यु भएको डा. लामाले जानकारी दिए ।
   
सुत्केरी व्यथा लागेको केही समयपछि गाउँबाट जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याए पनि उपचार हुन नसक्दा सोमवार बिहान मृत्यु भएको हो । ती महिलाले ५ महिनाको शिशुलाई जन्म दिएको जानकारी प्राप्त भएको छ ।

भौगोलिक विकटताका कारण समयमै उपचार हुन नसक्दा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्