१३ असार २०८३, शनिबार

प्रचण्ड–नेपाल पक्षको बन्दले जनजीवन प्रभावित, सुरक्षा व्यवस्था कडा

प्रचण्ड–नेपाल पक्षको बन्दले जनजीवन प्रभावित, सुरक्षा व्यवस्था कडा
फाइल तस्बिर

नेकपा प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ । राजधानीका चक्रपथ क्षेत्रमा बिहानको समयमा सार्वजनिक यातायातका साधन केही चलेपनि भित्रि सडकहरुमा चलेका छैनन् । यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः छन् ।

तर, एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान, परीक्षामा सहभागी हुने विद्यार्थीका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भएका छन् ।
बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न बुधबारनै विज्ञप्तिमार्फत आह्वान गरेको थियो । यो आह्वानका बीच राजधानीमा छिटपुट रुपमा यातायात चलेपनि राजधानीबाहिर प्रभाव धेरै परेको समाचार प्राप्त भएको छ ।

यसैबीच राजधानीको सामाखुसीबाट प्रचण्ड–नेपाल पक्षका ५ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँड्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रचण्ड नेपाल समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले गोंगबु–सामाखुसीबाट एकाबिहानै मिलन तमाङ, समीर तामाङ, रमेश तामाङ, राज कुमार तामाङ र  राजेन्द्र पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको बताए ।
उनले पक्राउ परेकाहरुलाई तत्काल रिहाइको माग समेत गरेका छन्  ।

प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिलगायतका विषयमा विरोध गर्दै आमहड्ताल गरेको हो । बन्दका क्रममा अहिलेसम्म कुनै तोडफोडका घटना बाहिर आएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्