३१ असार २०८३, बुधबार

नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य वाग्लेको मृत्यु

नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य वाग्लेको मृत्यु

नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य  एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्लेको सडक दुर्घटनामा परि मृत्यु भएको छ । 

बुधवार बरहथवा नगरपालिका– ९ स्थित नयाँरोड–मधुवनी सडकखण्डमा उनी मोटरसाइकलसहित सडकमा लडिरहेको अवस्थामा भेटिएका थिए । 

उनको दुर्घटनामा परि मृत्यु भएको आशंका गरिएको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यता नेकपा प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको रहस्यमय निधन भएको बताएका छन् । उनले लेखेका छन्, 'हाम्रो पार्टीको केन्द्रीय सदस्य क• डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ। अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनहार क्रान्तिकारी नेता एवं योद्धाको निधनबाट पार्टी र आन्दोलनमा ठुलो क्षति भएको छ । श्रध्दाञ्जली कमरेड!परिवार र सवैलाई समवेदना।'

salt training

कमेन्ट गर्नुहोस्