२२ जेठ २०८३, शुक्रबार

राजधानीमा आमहड्तालको प्रभाव न्यून

राजधानीमा आमहड्तालको प्रभाव न्यून

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव न्यून मात्र परेको प्रहरीले जनाएको छ ।

जुलुस र प्रदर्शन भएका केही स्थानमा सवारी डाइभर्ट गरिएपनि अन्यत्र अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ ।

सार्वजनिक सवारी साधन भने छिटफुट मात्र चलेका छन् । चलेका ठाउँमा खासै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिमा असन्तुष्टि जनाउँदै प्रचण्ड-नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

हड्ताल सफल पार्न नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वयं सडकमा निस्किएका छन् ।

बिहान केहीबेर प्रचण्ड पुल्चोकमा धर्नामा बसे । अहिले भने प्रचण्ड पुल्चोकबाट निस्किसकेका छन् ।

हेर्नुहोस्, सडकको अवस्था :

salt training

कमेन्ट गर्नुहोस्