![यस्तो छ नारायणहिटी गेटमा हुने ओली पक्षीय जनसभाको गीत [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/146471465_517705745875344_6490656215928604482_n_ghSn43G6Ce.jpg)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले भोलि शुक्रवार काठमाडौंमा आयोजना गरेको जनसभामा सहभागी हुन आह्वान गर्ने गीत सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ट्विटरमार्फत गीतको भिडियो सार्वजनिक गरेका छन् ।
थापाले गीतको भिडियो शेयर गर्दै लेखेका छन्, ‘माघ २३ गते १२ बजे नारायणहिटी गेट जाऔं ! विशाल जनप्रदर्शन र सभामा सहभागी बनौं !’
ओली समूहले भोलिको कार्यक्रमलाई महत्त्वका साथ लिएको छ । यसअघि प्रधानमन्त्री ओलीले जनसभा कस्तो हुन्छ भनेर २३ गते देखाइदिने बताएका थिए ।
नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको छ ।