२८ जेठ २०८३, बिहीबार

प्रचण्डलाई मन्त्री अर्यालको प्रश्न : आफू गाडीमा हिँड्ने, जनतालाई खबरदार भन्ने ?

प्रचण्डलाई मन्त्री अर्यालको प्रश्न : आफू गाडीमा हिँड्ने, जनतालाई खबरदार भन्ने ?

कृषि तथा पशुपन्छी विकास मन्त्री पदमा अर्यालले आमहड्तालको नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले कम्युनिस्ट आचरण विपरीतको काम गरिरहेको आरोप लगाएकी छन् ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको कुर्सी फाल्न नपाएको झोकमा जनताका उत्पादनलाई सडकमा फालेको आरोप उनले लगाइन् । 

किसान महासंघले बिहीवार काडमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले किसानका उत्पादनलाई सडकमा फाल्ने र राखिएको गाडी जलाउने काम कम्युनिस्ट आचरण नभएको दाबी गरेकी हुन् ।

‘प्रधानमन्त्रीको कुर्सी फाल्ने षड्यन्त्र असफल भएपछि आज सडकमा देख्नुभयो, किसानले उत्पादन गरेका उत्पादन सडकमा फालिएका छन् । आफूहरू गाडीमा हिँड्ने, जनतालाई खबरदार भन्ने ? सुत्केरीले अस्पताल जान नपाउने, राखिएका गाडीमा आगो लगाइको छ, यो कुनै कम्युनिस्टले गर्ने कुरा हो ?’ अर्यालले प्रश्न गरिन्, ‘किसानका उत्पादन नष्ट गर्दिने, यो कम्युनिस्ट आचरण हो ?’

बिहीवारको बन्द सफल गराउन प्रचण्ड गाडीमा हिँडेको विषयलाई लिएर उनको आलोचना भइरहेको छ ।

कम्युनिस्ट पार्टीको नाममा कम्युनिस्ट आन्दोलनको धज्जी उडाउने काम प्रचण्ड–नेपालले गरिरहेको उनले आरोप लगाइन् । 

salt training

कमेन्ट गर्नुहोस्