१९ असार २०८३, शुक्रबार

समृद्धिका लागि नयाँ निर्वाचनको विकल्प खोज्नु हुन्न : मन्त्री रायमाझी

माघ २२, २०७७
समृद्धिका लागि नयाँ निर्वाचनको विकल्प खोज्नु हुन्न : मन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् ।

मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको तर्क गरे ।

कुश्मा नगरपालिका–२ खुर्कोटमा बिहीवार आयोजित कालीगण्डकी प्रसारण करिडोरको सवस्टेसन उद्घाटन समारोहमा नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधीन सबै विद्युत् आयोजनाहरू सम्पन्न भएपछि निर्यात गर्न सकिने बताए । उनले नेपालमा २०  वर्षमा ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी कार्ययोजना बनेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपालकै दोस्रो ठूलो कालीगण्डकी प्रशारण करिडोरको खुर्कोट–दाना सम्पन्न भएपछि धौलागिरिवासीमा खुसियाली छाएको दाबी गरे ।

उनले गण्डकी प्रदेश सरकार विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र सडक पूर्वाधारले समृद्ध बन्ने गरी दिगो योजनाका साथ अघि बढेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागाईँ, प्रतिनिधि सभाका पूर्व सांसद पदम गिरी लगायतले समृद्धिको कार्यभारसहित अघि बढेको केपी ओली नेतृत्वको सरकारलाई काम गर्न नदिने अवस्था आएपछि संसद् विगठन गर्नुपरेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्