२७ जेठ २०८३, बुधबार

परिसंघले सवै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

परिसंघले सवै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । 

यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ । 

उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानिलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने जनाएको छ ।

सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझबढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यसभन्दा पहिले परिसंघले तेस्रो मूलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्