२९ असार २०८३, सोमबार

‘आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष महत्त्वपूर्ण’

‘आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष महत्त्वपूर्ण’

नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताका लागि  अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरकृयात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतिश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने धारणा राखे ।

सबै किसिमका विपत्तिमा पनि निजी क्षेत्र बिचलीत नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर सम्बृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराए ।
देशको आर्थिक सम्बृद्धिका लागि स्वदेशी पुँजीसँगै विदेशी लगानीको परिचालन अपरिहार्य भएको भन्दै अध्यक्ष मोरले प्रक्रियागत झन्जटहरुमा सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे । श्रम शक्ति देशको महत्वपूर्ण पूँजी भएको भन्दै उनले स्वदेशमा सृजना हुने लगानी मैत्री वातावरणले युवाहरु ४५ डिग्रीको तापमा काम गर्न विदेशीले अवस्था रोकिने बताए ।

अन्तरक्रियामा बोल्दै परिसंघका उपध्यक्ष राजेश अग्रवालले सरकारले निजी क्षेत्रलाई हेर्ने परम्परागत धारणा बदल्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले नेपालमा लगानीको वातावरण कस्तो छ भनेर जाँच्ने कडीको रुपमा परिसंघमा आबद्ध रहेका उद्योगी व्यवसायीहरुले योगदान गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्