०३ असार २०८३, बुधबार

मंगलवार राज्यसभामा किन रोए मोदी ? (भिडियो)

माघ २७, २०७७
मंगलवार राज्यसभामा किन रोए मोदी ? (भिडियो)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसद्को माथिल्लो सदन राज्यसभामा मंगलवार भावुक भएका छन् । 

कांग्रेसका नेता गुलाम नबी आजादको बिदाइ समारोहमा मोदीको आँखामा आँसु आएको हो । 

मोदीले आफू गुजरातको मुख्यमन्त्री हुँदा कश्मीरमा गुजराती पर्यटकहरूमाथि आक्रमण हुँदा आजादले नै पहिलो खबर दिएको र त्यसक्रममा आजाद लगभग रोएको बताए । 

विपक्षी दलका नेता पनि मोदी र गुलाम नबी आजादबीच सुमधुर सम्बन्ध रहिआएको छ । 
 

आजादको कार्यकाल फेब्रुअरी १५ मा सकिँदैछ । यसका सार्थ उनी माथिल्लो सदनमा विपक्षी दलको नेता पदबाट पनि हट्नेछन् । 

उनीबाहेक पिपुल्स डेमोक्रेटिक पार्टीका दुई सांसद नजीर अहमद लावे र मीर मोहम्मद फैयाज तथा भाजपाका शमशेर सिंह मन्हासको कार्यकाल पनि सकिन लागेको छ । 

बिदाइ भाषणका क्रममा आजादले आफू कहिले पनि पाकिस्तान नगएको र त्यसमा गर्व गर्ने बताए । पाकिस्तानमा रहेका अल्पसंख्यकहरू भन्दा भारतमा रहेका मुसलमान अल्पसंख्यकहरूको स्थिति निकै राम्रो रहेको उनको भनाइ छ । 

पाकिस्तानप्रति सहानुभूति जनाउनेलाई उनले आलोचना गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्