१९ असार २०८३, शुक्रबार

मार्चपासमा योगेशले भने– 'तीनवटा भन्दा चौथो नारा कसैले लगाए समाएर यहाँ बुझाउनुहोला'

मार्चपासमा योगेशले भने– 'तीनवटा भन्दा चौथो नारा कसैले लगाए समाएर यहाँ बुझाउनुहोला'
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले भोलि राजधानीमा गर्न लागेको विरोध सभाको तयारीका लागि मंगलवार मार्चपास निकालेको छ ।

भृकुटीभण्डपबाट शुरू भएको मार्चपास पुतलीसडक, बागबजार हुँदै भृकुटीमण्डपमै आएर समापन हुनेछ ।

मार्चपासमा सहभागी हुने ५ सय स्वयं सेवकलाई सम्बोधन गर्दै नेकपा-प्रचण्ड नेपाल समूहका प्रभावशाली युवा नेता योगेश भट्टराईले ३ वटा मात्र नारा लगाउन सहभागीलाई सचेत गराए ।

' साथीहरू तीनवटा मात्र नारा लगाउनुहोला– भोलिको विरोध प्रदर्शन सफल पारौं  ! नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दावाद  ! प्रतिगमन मुर्दावाद !,' योगेशले भने, 'तीनवटा भन्दा चौथो नारा कसैले लगायो भने एउटा स्वयंसेवकले अर्को स्वयंसेवकलाई समातेर यहाँ बुझाउनुहोला ।'

यसअघिका विरोध प्रदर्शनमा कतिपय प्रदर्शनकारीले उच्छृङ्खल नारा लगाएपछि तीव्र आलोचना भएको थियो ।

सोही कारण प्रचण्ड-नेपाल पक्षले नारामा एकरूपता ल्याउन प्रयास गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्