०८ साउन २०८३, शुक्रबार

प्रतिगमन नसच्चिए जनता विद्रोहमा उत्रिनेछन्– जनार्दन शर्मा

प्रतिगमन नसच्चिए जनता विद्रोहमा उत्रिनेछन्– जनार्दन शर्मा

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शन्तिपूर्ण विरोधबाट प्रतिगमन नसच्चिए जनविद्रोह हुने चेतावनी दिएका छन् । 

त्यस्तो विद्रोहले गणतन्त्रविरोधी र संघीयताविरोधीलाई समाप्त पार्ने चेतावनी दिए ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयतासँग पद साटेका कारण आफूहरू सडक आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् । 

‘प्रतिगमनको विरोधमा लाखौं जनता शान्तिपूर्ण विरोधमा आएका छन्, प्रतिगामीहरूले हेरून् । शान्तिपूर्ण विरोधबाट प्रतिगमन सच्चिएन भने यी जनता कुन दिन विद्रोहमा उत्रिनेछन् । जनताको विद्रोहले संघीयताविरोधी, गणतन्त्र विरोधीलाई समाप्त पार्नेछ,’ शर्माले भने । 

शर्माले सरकारले ओम्नीका लागि जनताको जीवनमाथि खेलबाड गरेको आरोप लगाए । 

उनले राज्यका सबै संस्थामा लोकतान्त्रीकरण गर्न नसके भोलिका दिनमा राजा महेन्द्रको अवतार जन्मिने खतरा रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्