
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाउने निर्णय भएको छ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको उनले बताए । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
बढेको मूल्य आज मध्यरातदेखि लागू हुनेछ ।