०७ असार २०८३, आइतबार

पूर्वाधार विकास बैंकले ३० करोडभन्दा कम कर्जा लगानी गर्न नपाउने

पूर्वाधार विकास बैंकले ३० करोडभन्दा कम कर्जा लगानी गर्न नपाउने

पूर्वाधार विकास बैंकले प्रति परियोजना रु ३० करोडभन्दा कम बराबरको कर्जा लगानी गर्न नपाउने भएको छ । पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि स्थापित सो बैंकलाई निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकका अनुसार पूर्वाधार विकाससँग सम्बन्धित परियोजनामा मात्र कर्जा प्रवाह गर्न र रु ३० करोड प्रति परियोजनाभन्दा कम कर्जा तथा सुविधाको सीमा स्वीकृति तथा प्रवाह गर्न सक्ने छैन भन्ने व्यवस्था गरिएको छ ।

यस्तै, आफूले जारी गरेको मुद्दति निक्षेप रसिदको धितोमा पनि रु ३० करोडभन्दा कम रकमको कर्जा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको नमानिने केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्