
गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने घोषणा गरेका छन् ।
सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने घोषणा गरे ।
सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।