कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
वर्षैपिच्छे फेरिने भनेको क्यालेन्डर हो । हाम्रा संस्कृति फेरिने होइन । संवत् फेरिन्छ, वर्षको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि संवत् फेरिँदै जान्छ ।
संवत्सँग जोडिएका धेरै चाडपर्वहरू, रीतिरिवाजहरू छन् । हाम्रा मौलिक चाडपर्वबारे अबका युवाले स्थितिगत्यात्मक भएर सोच्ने बेला भएको छ ।
अरुकै संस्कृतिमाथि कहिलेसम्म रमाउने ? अरुकै संस्कृतिमाथि रमाउने हो भने हाम्रो संस्कृति, परम्पराहरू हराउँदै जानेछन् । सकिन्छ भने थप अनुसन्धान गरौं, अनुसन्धान भएका कुराहरू थप अध्ययन गरौं, होइन भने थप अध्ययन अनुसन्धान गरे हाम्रो संस्कृतिहरूलाई विश्वसामु चिनाउनुका लागि अघि बढौं ।
संस्कृति नीति २०६८ अनुसार नेपालमा दुई–अढाई लाख वर्षदेखिका सांस्कृतिक सम्पदाका अवशेषहरू र १०३ भन्दा बढी जातिका सांस्कृतिक प्रचलन हुने भनेको राष्ट्रको लागि गौरवको विषय हो । मौलिक संस्कृतिको रक्षा विना राष्ट्रियता बलियो हुँदैन र राष्ट्रियताको रक्षा विना मुलुकको रक्षा एवं विकास सम्भव छैन ।
नेपालमा संस्कार र संस्कृतिमा फरक भएकै कारणले आज हामी विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौं । संस्कार र संस्कृति भनेका हाम्रा गौरव हुन्, सम्पत्ति हुन् । मौलिक पहिचान भनेको विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, सदाचार, नैतिकता, चाडपर्व, भेषभूषा, रीतिथिति, आचार, विचार, खानपान, कला, साहित्य, संगीत, इतिहास, चालचलन, अन्य विविध नै हाम्रा पहिचान हुन् । संस्कृति (कल्चर होइन) जीवनको समग्र पक्ष हो ।
हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्व हाम्रो देशको प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । मौलिक पर्वले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो । यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रूपमा रहेका पर्वलाई नेपाल सरकारले पनि संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन गर्नु आवश्यक छ ।
युवा युवतीको धेरै मनाउने दिवसमध्ये ‘प्रेम दिवस’ पनि एक हो । प्रेम दिवस वा प्रणय दिवस १४ फेब्रुअरीमा विश्वभर मनाउने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ ।
संसारमा सबैभन्दा धेरै परिभाषित हुन नसकेको शब्द सायद प्रेम हुनसक्छ । प्रेम देखासिकी हो कि आकर्षण हो भन्नु धेरै गाह्रो छ । प्रेम भावनासँग सम्बन्धित कुरा हो, उसलाई अनेक प्रतिक र बिम्बमा अभिव्यक्त गरेको पाइन्छ ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइनले सम्राटको निर्णयलाई धर्मविरुद्ध भनेका छन् । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन्, त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे ।
निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईसापूर्व २७० को फेब्रुअरी १४ मा मुत्यदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो ।
आजभोलि धेरै चर्चामा नेपालको मौलिक आफ्नै मौलिक प्रेम दिवस अथवा मतिना (माया) पारुको कथा गरेको पाइन्छ । मतिना पारु लोकप्रिय चाड यःमरि पुन्हिको भोलिपल्ट पर्दछ । पुन्हि भन्नाले नेपाल भाषामा भनेझैं, त्यसको भोलिपल्ट, पारु भन्नाले प्रतिपदा बुझिन्छ । आज कता–कता हामी पाश्चात्य संस्कृतिमा रमाइरहेका छौं । अंग्रेजी नयाँ वर्ष, क्रिसमस डे, हेल्लो–इन, इस्टर र भ्यालेन्टाइन जस्ता पर्वमा दिन प्रतिदिन विदेशी संस्कृतिमाथि युवाहरू आकर्षित भएका छन् । आज प्रेम दिवसको नाममा कतिका घरबार भएका छन् भने कतिका घरबार उजाडिएका छन् ।
सीमित आफ्ना इच्छाहरू पूरा गर्न वा स्वार्थको लागि प्रेमको नाटक पनि गरिरहेका देख्न पाइन्छ । भ्यालेन्टाइन डेको नाममा दिन प्रतिदिन विकृति भइरहेको छ । हाम्रा आफ्नै रीतिरिवाज, धर्म, संस्कार र संस्कृति छन् । त्यसमा सम्पन्न र समृद्धि छौं । त्यस्तो अवस्थामा हामीले पाश्चात्य संस्कृतिबाट कुनै धर्म र संस्कृति अपनाएर व्यक्ति र समुदाय विशेषले गर्व गर्न सक्छन् लाभ लिन सक्छन्, राष्ट्र र राष्ट्रियताको लागि कदापी हितकार हुँदैन ।
पश्चिमा जस्तो साम्राज्यवादी छाडा, अश्लिल, विवेकहीन, शून्यवादी, बेवारिसे, तुच्छ, क्रूर, आततायी, मानवताहीन बाइबल संस्कृति पश्चिमा युरो–अमेरिकी साम्राज्यवादी संस्कृति हो । त्यही छाडा संस्कृतिको प्रभूत्ववादी चरित्र जुन चरित्रले विश्वव्यापी रूपमा अन्य संस्कृतिलाई थिचोमिचो गर्ने, समाप्त पार्ने र विकृतीकरण गर्ने कार्य गर्छ । यस्ता संस्कृतिको कारणले हाम्रो मौलिक संस्कृतिमाथि आक्रमण भइरहेको छ । सम्पूर्ण युवाले हाम्रा मौलिक पर्वको अनुसन्धान गरेर अगाडि बढ्नु आवश्यक छ ।
जस्तै, विक्रमादित्य जयन्ती, सलहेश जयन्ती, बिसु, बिस्का, जुडशितल, मातृ सम्मान दिवस, मच्छिन्द्रनाथ रथारोहण र रथयात्रा, परशुराम जयन्ती, सृष्टि दिवस, रामानुजाचार्य जयन्ती, युगनिर्माण दिवस, सीता नवमी, आचार्य कुमारिल भट्ट स्मृति दिवस, किराँत समाज सुधार दिवस, नृसिंह जयन्ती, बुद्ध जयन्ती, गोरखनाथ जयन्ती, चण्डी पूर्णिमा, मष्ट पूर्णिमा, उभौली, दशमी, कृष्णअष्टमी, सरस्वती पूजा, आदि धेरै पर्व तथा दिवसहरूको जानकारी लिएर ज्ञान हासिल गर्दै विश्वसामु चिनाउनुपर्छ ।
हाम्रा धर्म संस्कृतिलाई ज्ञान सँगसँगै पर्यटनसँग पनि जोडेर देशको विकास गर्नु सकिन्छ । सबैले एकजुट भएर नयाँपनका साथ, नयाँ सोचका साथ र स्थितिगत्यात्मक भएर अगाडि बढ्नु आवश्यक छ ।
प्रतिमान बदल्ने समय आएको छ । किन यी विदेशी धर्म–संस्कृति आवश्यकता बने ? होली, देउसीभैली, माघी, गौरा पर्व, जनै पूर्णिमा, छठ, ल्होसार, जितिया र तीज जस्ता मौलिक धर्म–संस्कृति सबैले बुझ्नु आवश्यक छ । वैज्ञानिकतायुक्त धर्म र धार्मिकतायुक्त विज्ञानलाई अवलम्बन गर्नु आवश्यक छ । विदेशी संस्कृतिको सम्मान गर्दै हाम्रा मौलिक धर्म–संस्कृतिको व्यापक प्रचार–प्रसार गरेर आफ्नै मौलिक पर्वको संरक्षण गरौं । अघि बढौं, यो युग हाम्रो हो ।
(लेखक प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष हुन् ।)
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...