![राष्ट्रपति कार्यालयसहित विभिन्न ठाउँमा आज बत्ती काटिने, प्राधिकरणले निकाल्यो सूचना [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/LoadShedding.png)
शनिवार राष्ट्रपति कार्यालय शितलनिवासलगायतका भीभीआईपी क्षेत्रहरूमा विद्युत कटौती हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले शनिवार भीभीआईपी क्षेत्रसहित मुलुकका विभिन्न ठाउँमा केही समयका लागि विद्युत कटौती हुने जनाएको छ ।
मर्मतसम्भारका लागि भन्दै प्राधिकरणले विद्युत कटौतीको सूचना जारी गरेको हो ।
प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण सेन्टर अन्तर्गत शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवास मा दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्युत कटौती हुनेछ ।
यस्तै लगनखेल वितरण केन्द्र अन्तर्गत चापागाउँ दोबाटो, साङ्पाङ चोक, सुनाकोठी, ढोलाहिटी, टाखेल, लेले, टिकाभैरव लगायतका क्षेत्रमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म बत्ती जानेछ ।
यस्तै लगनखेल वितरण केन्द्र अन्तर्गत नै महालक्ष्मीथान, थसीखेल, एकान्तकुना, नख्खिपोट लगायतका क्षेत्रमा मध्यान्ह १२ बजेदेखि १ बजेसम्म बत्ती कटौती भएको छ ।
यस्तै ललितपुरको मंगलबजार क्षेत्रमा पनि ३ बजेदेखि साढे ३ बजेसम्म बत्ती जाने छ ।
प्राधिकरणले गण्डकी प्रदेशका पनि विभिन्न क्षेत्रमा विद्युत कटौती गरेको छ ।