१० साउन २०८३, आइतबार

संघीयता जवर्जस्ती स्विकार गरेका हौंः ओली

कात्तिक २०, २०७४
संघीयता जवर्जस्ती स्विकार गरेका हौंः ओली
काठमाडाैं, ११ पुस-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता स्विकार गर्नु बाध्यता भएको बताएका छन् । उनले देशलाई राम्रो हुन्छ भनेर संघीयता स्विकार गरेको बताए ।

एमाले पार्टी कार्यालयमा आयोजित अधेसको भ्रम र यथार्थ विषयक अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले भने, ‘संघीयता कुनै घर्म होइन जुन कुनै एक पटक आएपछि राखिराख्नु पर्छ ।’ उनले थपे ,‘आउँदा जबरजस्ती रुपमा आयो र हामीले पनि देशलाई राम्रो हुन्छ भने ठीकै छ भनेर स्वीकारेका हौं ।’ ।

उनले दुई नम्बर प्रदशे अनुचित भएको भएपनि समस्या टुंगिन्छ भनेर हामीले स्वीकारेको बताए । मधेसवादी दलहरुप्रति आक्रामक भएर प्रस्तुत भएको ओलीले आफूलाई सरकारबाट हटाउन मात्र मधेस आन्दोलनको नाटक रचिएको बताए ।

ओलीले ५० लाख दिन्छौं भनेर आन्दोलनको वितण्डा मधेसी दलले मच्चाएको आरोप लगाए । उनले भारतबाट आएकाहरु मधेसी हुने तर पहाडबाट झरेकाहरु मधेसी नहुने यो किन ? भन्दै प्रश्न गरे ।

ओलीले एमालेसँग शक्ति रहेको भन्दै त्यसलाई देखाउन पर्ने बेलाएको बताए । उनले एमाले हनुमान जस्तो पार्टी भएको भन्दै आफूसँग भएको शक्ति एमाले आफैले थाहा नपाएको बताए । उनले द्धन्द्धलाई बढाएर ब्यापार गर्नेहरु धेरै रहेको भन्दै त्यस्त तत्वबाट जोगिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्