२१ जेठ २०८३, बिहीबार

बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

फागुन २, २०७७
बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

नागढुङ्गा–नौबिसे  सुरुङ  मार्ग नेपालमा  प्रविधि  हस्तान्तरणको  परियोजना  बनेको  छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् ।
प्राविधिकका  अनुसार  करङ  भनेको  सुरुङ  खन्दा चट्टान  फेला  नपरेको  कमजोर  भूसंरचनालाई  गुम्बज आकारमा  स्थायी  संरचना  बनाउन  दिइने  फलामे  टेको हो ।

 यो  टेकोसँगै  कङ्क्रिटको  प्रयोगले  सुरुङलाई  बलियो पारिन्छ ।  यससँगै  कतिपय  अवस्थामा  फलामे  बाकसको संरचना पनि आवश्यक हुन्छ ।नेपालमा  सुरुङ  निर्माणको  परम्परा  जलविद्युत्  क्षेत्रमा मात्र  छ ।  सडक  निर्माणको  इतिहासमा  नै  पहिलो  पटक नागढुङ्गा–नौबिसे  सडक  खण्डमा  सुरुङ  खन्ने  काम भइरहेको छ ।

जलविद्युत्का  उपकरण  निर्माण  गर्ने  कम्पनी  नेपाल हाइड्रो   एन्ड   इलेक्ट्रिक   लिमिटेडले   नेपालको   पहिलो सुरुङ  मार्गका  लागि  उपकरण  निर्माण  गर्ने  अवसर  पाएको हो ।  जापान  सरकारको  सहयोगमा  निर्माण  हुन  लागेको सुरुङको काम चाहिँ जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्