२८ जेठ २०८३, बिहीबार

एकै पटक बन्दै दुई सय पर्यटकीय आयोजना

फागुन २, २०७७
एकै पटक बन्दै दुई सय पर्यटकीय आयोजना

लगानी  साझेदारीमा  देशैभर  पर्यटकीय आयोजना  निर्माण  गर्ने  उद्देश्यसहित  सरकारले  दुई  सय  आयोजना टुङ्गो  लगाएको  छ ।  संस्कृति,  पर्यटन  तथा  नागरिक  उड्डयन मन्त्रालयले  साझेदारी  लगानीसहितका  आयोजना  छनोट  गरेको हो ।
  छनोट  भएका  आयोजनामा  मन्त्रालय  र  प्रदेश  अथवा  स्थानीय निकायको लागत पनि टुङ्गो लगाइएको छ । मन्त्रालयले  टुङ्गो  लगाएका  यस्ता  आयोजना  एक  वर्षदेखि बढीमा  तीन  वर्षभित्र  सञ्चालनमा  आइसक्ने  छन् ।  मन्त्रालयका अनुसार  प्रदेश  १  अन्तर्गत  ५५  वटा  आयोजना  छनोट  भएका छन् ।  त्यस्तै  मन्त्रालयले  प्रदेश  २  मा  २३,  बागमती  प्रदेशमा  ३१, गण्डकी प्रदेशमा २३, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा २५ वटा आयोजना छनोट भएको जनाएको छ ।

 सरकारले  गत  साउन  २६  गते  पर्यटकीय  गन्तव्यको  विकास गर्ने  उद्देश्यसहित  सङ्घ,  प्रदेश  र  स्थानीय  सरकारको  साझेदारीमा सञ्चालन  गर्नसक्ने  आयोजनाका  लागि  निर्देशिका  स्वीकृत  गरेको थियो ।  गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्